
राप्ती । राप्ती नगरपालिका वडा नम्बर ११ का मौरी पालक कृषकहरुलाई घार वितरण गरिएको छ । सो वडामा बस्ने २५ जना कृषकहरुलाई १ सय ५६ घार वितरण गरिएको हो । मौरीपालन वडा नम्बर ११ उपभोक्ता समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा नगर प्रमुख शमशेर लामाले कृषकहरुलाई घार हस्तान्तरण गरेका हुन् ।
नगरबाट विनियोजित ३ लाख ९९ हजार २ सय बजेट र उपभोक्ता समितिबाट १ लाख रकम गरि घार वितरण गरिएको छ । मौरिपालनको व्यवसायलाई प्रवर्दन गर्ने उद्देश्यले घार वितरण गरिएको समितिको अध्यक्ष डिल बहादुर गोंबोले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शमशेर लामाले स्थानीय सरकार अनुदान दियर महको उत्पादन बढाउनु पर्ने बताएका छन् । वडाका विभिन्न ठाउमा कृषिका क्षेत्रमा काम गरि खाली भूमिलाई हराभरा बताउने प्रतिबद्दता व्यक्त गरेका छन् ।