माघ २३ गते ।
खैरहनिको कठारमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सोमबारको खेलमा कठार युथ क्लब र हर्दी युवा समाज बिजय भएका छन् । पहिलो खेलमा सिम्रेनी फुटबल क्लबलाई पराजित गर्दै आयोजक कठार युथ क्लब ए बिजय भएको हो । निर्धारित समयसम्म १-१ गोल भए पछि पेनाल्टी सुट आउटबाट खेलको निर्णय गरिएको थियो । जसमा कठार ८-७ गोल अन्तरले बिजय भएको हो ।
दोस्रो खेलमा हर्दी युवा समाजले जनकौली फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा युनिक फुटबल क्लब र चौधरी मोटर्स खैरहनी बिच तथा दोस्रो खेलमा खैरहनी ११ र ब्रदरहुड फुटबल क्लब बिच प्रतिस्पर्धा हुने आयोजक कठार युथ क्लबका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । फागुन ३ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ट्रफी र नगद ८० हजार तथा उपबिजेताले ट्रफी सहित नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार