राप्ती, माघ २३ । राप्ती उद्योग वाणिज्य संघको उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । कुल २० पद संख्याको लागि ३८ जनाको उम्मेदवारी मनोनयनमा परेको छ ।

अध्यक्षमा राजकुमार कँडेल र मार्कण्डेय गौतमले मनोनयन दर्ता गराएका छन् । कँडेलले अध्यक्ष र गौतमले बरिष्ठ उपाध्यक्ष पदमा रहि एक कार्यकाल पूरा गरिसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ओम प्रसाद डल्लाकोटी र दिनेश सेढाईले मनोनयन दर्ता गराएका छन् । प्रथम उपाध्यक्षमा प्रतिभा पाण्डे र हरि बहादुर ओझा, उपाध्यक्षहरुमा वाणिज्यतर्फ ईन्द्र प्रसाद पाठक, राजन चौलागाईं र उद्योगतर्फ रोहित बहादुर घिमिरे, परशुराम पाठकले मनोनयन दर्ता गराएका छन् ।

महासचिवमा गोकुल सिलवाल र कोषाध्यक्षमा राजकुमार सेढाईको एकल उम्मेदवारी परेको छ । औपचारिक घोषणा नभएता पनि उनीहरू निर्विरोध निर्वाचित भएका छन् । यस्तै एसोसियट सदस्यमा तुलसीराम पाठक र रामकृष्ण पन्त निर्विरोध निर्वाचित भएका छन् ।

वाणिज्यतर्फको सदस्यमा ६ पद संख्याको लागि १४ जनाको उम्मेदवारी परेको छ भने उद्योगतर्फको सदस्यमा ३ पद संख्याको लागि ६ जनाको उम्मेदवारी परेको छ । अब उम्मेदवारी निकाल्ने, दाबी विरोध गर्ने जस्ता निर्वाचन प्रक्रिया अगाडि बढ्ने र सर्वसम्मत नभएमा यही माघ २८ गते निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत नुनराज सिलवालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार