सुजन तिमल्सिना-चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (COVID-19)रोग विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकार समुहको सडक नाटक: कहर आज शुक्रबारबाट सुरु भएको छ।

कोभिड-१९ अर्थात कोरोना महामारीको रोकथामका लागि नगरपालिकाले नगरबासिमा चेतना जगाउन सो नाटक मन्चको आयोजना गरेको हो ।

एक घण्टा लामो नाटकमा व्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेको छ ।
नाटकलाई आरम्भ कलाकारहरुको समुहका अध्यक्ष प्रभाकर न्यौपानेले गरेका छन् ।

नाटकमा चर्चित रंगकर्मी कलाकरहरु राजेन्द्र गद्तौला,प्रल्हाद खरेल,राधा श्रेष्ठ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वती अधिकारी र मन्जु अधिकारी आदिको बेजोड अभिनय रहेको छ भने संगीत संयोजन सुरेस चन्द्र न्यौपाने को रहेको छ।

नाटक मङ्सिर ५ देखी ९ गते सम्म क्रमश नगरपालिकाका सबै वडाहरुमा विभिन्न मन्चन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार