
लेखक पबिन दाहाल लेखन कार्यमा सक्रिय छन्। उनको बुलबुल पब्लिकेसन्सबाट ‘तराजुमा प्रेम’ उपन्यास प्रकाशित छ। आज ‘लेखकलाई १० प्रश्न’ साहित्यिक स्तम्भको अंक १० मा सजिलोपाटीका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो छ:
१.अहिले केमा व्यस्त हुनुहुन्छ?
– यतिखेर ठोस सिर्जनात्मक कार्य आउन सकेका छैनन । यद्यपि पारिवारिक र घरायसी उल्झन मै मात्र सिमित छु पनि भन्न मिल्दैन ,केही व्यावसायिक काम र दोश्रो उपन्यासका काम पनि चल्दै छन । कोभिड का कारण लेख्ने फुर्सद भने मिलेको छ । समग्रमा ब्यस्त नै छु ।
२.मुख्यगरि हजुरको अभिरुचि केमा छ?
मानिसका अभिरुचि सयम सापेक्ष हुन्छन । आवस्यकता र परिस्थितिमा पनि निर्भर रहन्छन । यद्यपि मुख्य रुचि केही सिर्जनात्मक काम गरौं भन्ने नै हो । लेखन पनि रुचि कै बिषय हो ।
३.के लेखकले आत्म सन्तुष्टि कै लागि किताब लेख्छन् त?
– निश्यय नै । जब आत्मा नै सन्तुष्ट छैन आफ्नो काम प्रति ,आफ्नो अभिरुचि प्रति भने त्यो काम सफल हुदैन तसर्थ लेखक मात्र नभएर जुनसुकै क्षेत्रमा काम गर्ने मानिसलाइ आफ्नो कामले सन्तुष्ट दिन्छ भन्ने लाग्छ ।
४.अहिलेको किताब बजारलाई कसरी नियाल्नु भएको छ?
-किताव बजारका कुरा गर्दा केही नकारात्मक पाटा कोट्याउ कर लाग्छ । लेखकले बजार सङ मित्रता गाँसेर आफ्नो बनाउन सकेनन कि , रिजाउन सकेनन कि भन्ने पनि लाग्छ । केही पुस्तक व्यावसायि हरु चलेका पुरानै लेखकको चाकरीमा ब्यस्त हुने प्रबिधिका कारण नया लेखकले राम्रा र उत्कृष्ट पुस्तक लेख्दा लेख्दै पनि ओझेलमा परेका छन कि जस्तो लाग्छ । मैले मेरो पुस्तक राम्रो उत्कृष्ट भन्न खोजेको भने अबस्य हैन । पहिलो कुरा सिर्जना आफैमा उत्कृष्ट र सफल हुनु पर्छ । तर जुनसुकै कृति सफल बनाउन राम्रो बजार ब्यबस्थापनको आबस्यक छ । पुस्तक पाठक समक्ष पुग्नै सक्दैन भने कसरी त्यस्को मुल्यांकन हुन्छ ?
मलाई अहिलेको साहित्य र त्यसको बजार हेर्दा एक किसिमको सिन्डिकेट जस्तो लाग्छ । यो अन्त्य हुन जरुरी छ ।
५.विभिन्न डिजिटल माध्यमको बिकासले भविष्यमा पठन संस्कृतिमा कस्तो प्रभाव पार्ला?
प्रबिधि र बिकासले हरेक क्षेत्रमा सहजता भएकै छ यद्यपि व्यावसायिक लेखक लाई यो प्रबिधिले असर गरेकै छ र गर्छ जसरी एउटा गायकले सिडि बेचेर कमाउछु भन्ने दिन गए ,भोलि किताब छापेर कमाउछु भन्ने दिन जादैनन भन्न सकिन्न ।
६.’तराजुमा प्रेम’ उपन्यासको जन्म कसरी भयो? यो किताब आफ्नै अनुभवमा केन्द्रित हो कि कल्पनामा?
– हरेक कुराको जन्म इच्छा शक्ति बाट हुन्छ । मलाई पहिले देखि लेखनमा केही गर्दै जाउँ भन्ने लाग्थ्यो त्यही अभिरुचि ले दुई वटा गीति एल्बम जन्मायो । त्यस पछि पुस्तक मा रुचि लाग्यो । त्यसैको उपज हो तराजुमा प्रेम ।
७.साहित्यिक किताब पाठकले किन पढ्नुपर्छ?
-साहित्यिक मात्र पढ्नुपर्ने बिषय हैन । सबैखाले पुस्तक पढ्नु पर्छ । हाम्रो समाज ,समाजका विभिन्न पाटा र समाजमा लुकेर रहेका रहस्य पुस्तक बाटै जन्मिने गर्छन तिनलाइ हेर्न बुझ्न पुस्तकका पाना खोतल्नु पर्ने हुन्छ
ज्ञान बिज्ञान मात्र नभएर सिर्जनात्मक कला ,संस्कृति ,परम्परा र भाषाको सम्रक्षण गर्नकै लागि पनि पढ्नु पर्ने हुन्छ ।
८.किताब लेख्दा तपाईँले पात्र र बिषयवस्तुको छनौट कसरी गर्नुहुन्छ?
-समाज मा कुन बिषय लाई महत्वकासाथ हेरिन्छ ? कुन बिषयले पाठक बर्गलाइ तान्छ ,कुन पात्रले समाज लाई नेतृत्व गर्न सक्छ कुन बिषयले समाज र साहित्य जगत लाइ च्याप्न सक्छ भन्ने कुराले पात्र र बिषयबस्तु चयन गर्छ ।
९.’तराजुमा प्रेम’ उपन्यासबाट कस्तो प्रतिक्रिया पाउनुभयो? कतै आलोचनाले अत्तालिनु त भएन?
जे जति प्रतिक्रिया आए , नकारात्मक कहिले आएनन ।
उत्साहजनक नै आए । मार्मिकता को स्वाद धेरै भएको हुदा पाठकलाई धेरै दुखी बनायो ,धेरैलाइ रुवायो भन्ने कुरा आयो केही पाठकले भन्नुन्थ्यो ,तपाइको पुस्तक पढ्नै सकिन ,पढ्न बस्यो कि आँसु आइहल्छ ।
यद्यपि पात्रलाइ न्याय दिलाएको हुँदा समग्र पुस्तकको स्वाद मीठो छ भन्ने प्रतिक्रिया आएको छ ,र आउने क्रममा छ।
१०.नयाँ पुस्तक आउँदै छ कि? यदी छ भने कुन विषयबस्तुलाई उठान गर्नुभएको छ?
– आउदै छ । समय लाग्न सक्छ । नारी संबेदना र नारीको चरीत्र भित्र छिरेर समाजका घटना लाई केलाउने प्रयास गरेको छु । समग्रमा तपाइँ हाम्रै वरिपरिका घटना पाउनु हुनेछ । मानिस ले आफ्नो स्वार्थका लागि केके सम्म गर्न पछि पर्दैनन , लोभ लालच र अधिक महत्वाकांक्षीको परिणाम बनेर आउनेछ नयाँ पुस्तक ।