नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आज भएको राप्ती नगरपालिकाको कार्यक्रममा विवादमा परेका छन् । साथै कार्यकर्ताहरुले उनी विरुद्ध नाराबाजी समेत गरेका छन्।

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले आन्दोलन गरि कार्यक्रम अवरुद्ध गरेका हुन्।

विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर, विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताहरुले विवाद सिर्जना गरेका हुन्।

चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइज्जत मात्र नगरी जनतालाई भ्रमको खेती गरेकोसमेत कार्यकर्ताले आरोप लगाएका छन् ।

कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ । नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए ।

पाण्डेले पछिल्लो समय पार्टी एकताको पक्षमा नभई विभाजनको संघारमा पुर्याउने प्रकारका अभिव्यक्ति दिदै आएका छन् ।

आन्दोलनको नारा झ्न भन्दा झन् चर्किदै गएपछि उनी गाडीमा त्यहाँबाट बाहिरिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर