राप्ती, ३० फागुन ।
राप्ती नगरपालिका वडा नम्बर ४ मा जारी प्रथम वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिताकोमा माडीलाई हराउँदै सौराहा युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनटको समयमा १-० को अन्तरले सौराहा विजयी भएको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजयी टीमका गोल रक्षक अनिष क्षेत्री म्यान अफ द म्याच घोषित भए । उनले मेडल र नगद १ हजार प्राप्त गरे । बुधबार अविशेक चर्च र हाइलाइट युथ क्लब बीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मिलन रुम्बाले जानकारी दिए । चैत्र ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी र नगद १ लाख तथा उपविजेताले ट्रफी सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

नव बुद्ध युवा क्लब (जेएमटी) ले आयोजना गरेको प्रतियोगिताको सह आयोजकमा शिवपुरी क्लब र संरक्षकमा राप्ती नगरपालिका ४ नम्बर वडा कार्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार