राप्ती, २ चैत । राप्ती नगरपालिका वडा नम्बर १ ले युवा क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । वडाले युवा जागृति क्लब लोथरलाई फुटबल खेल सामाग्री सहयोग गरेको हो । वडाकी कार्यवाहक अध्यक्ष ग्रेस तामाङले क्लबका अध्यक्ष सामुअल तामाङलाई खेलकुद सामाग्रीहरु फुटबल, नेट जाली, गोलरक्षक पञ्जा हस्तान्तरण गरेकी हुन्  ।

वडाले करिब १९ हजार ७ सय को लागतमा सामाग्री हस्तान्तरण गरेको हो । युवा तथा खेलकुदको विकास गर्ने उद्देश्यले खेल सामाग्री हस्तान्तरण गरिएको कार्यवाहक अध्यक्ष तामाङले बताइन् । युवाको विकास हुन खेलकुदको विकास हुनु आवश्यक रहेको भन्दै यस्ता कार्य आगामी दिनहरुमा पनि गरिने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार