
राप्ती, ३ चैत्र ।
राप्ती नगरपालिका वडा नम्बर ४ मा जारी प्रथम वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा अभिषेक चर्च रजहरलाई हराउँदै सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनटको खेलमा २-० को अन्तरले एभरेष्ट विजयी भएको हो ।
खेलको दोस्रो मिनटमा वसन्त कुमाल र २३ औं मिनटमा बिकी राईले गरेको गोल नै निर्णायक गोल बन्यो । अब एभरेष्टले चैत-५ गते फाइनलमा रत्नप्रिय युथ क्लबसँग भिड्ने छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजयी टीमका खेलाडी आकाश थापा मगर अफ द म्याच घोषित भए । उनले मेडल र नगद १ हजार प्राप्त गरे ।
शनिबार मैत्रीपूर्ण खेल प्रतियोगिता अन्तर्गत दिउँसो २ बजे अण्डर १६ पुरुष फुटबल प्रतियोगिता र ३ बजे महिला फुटबल प्रतियोगिता खेल हुने कार्यक्रम संयोजक मिलन रुम्बाले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफी र नगद १ लाख तथा उपविजेताले ट्रफी सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
नव बुद्ध युवा क्लब (जेएमटी) ले आयोजना गरेको प्रतियोगिताको सह आयोजकमा शिवपुरी क्लब र संरक्षकमा राप्ती नगरपालिका ४ नम्बर वडा कार्यालय रहेको छ ।