
राप्ती । पूर्वी चितवनको भण्डारा चोकमा रहेको इलिमो इन्टरनेशनल एकेडेमीमा जापानीज भाषा अध्ययन गर्ने ७५% भन्दा बढि विद्यार्थीले जापान जाने अवसर पाएका छन् । सिओई प्राप्त गरेसँगै उनीहरुले जापान जाने अवसर पाएका हुन् ।
कक्षा १२ पास गरेको १० बर्ष पछि प्रोसेस गरेको विधार्थीहरुको पनि सिओइ निकाल्न सफल भएको प्रबन्धक काशिराम चालिसेले जानकारी दिएका छन् ।
१० महिना अगाडि मात्र खुलेको यस एकेडेमी राप्तीका विद्यार्थीको पहिलो रोजाइमा परेको छ । एकाडेमीमा टाढा टाढाबाट पनि विद्यार्थीहरु आउने गरेका छन् । एकेडेमीको राम्रो विशेषताका कारण विद्यार्थीहरु आकर्षित भएका हुन् । मनहरी, लोथर, पिप्ले , डडुवा, भण्डारा, बीरेन्द्रनगर , खुरखुरे तथा खैरहनीबाट पनि विद्यार्थीहरु एकाडेमीमा अध्ययन गर्न आउने गरेका छन् ।
जापानमा न्युनतम शुल्कमा प्रोसेस गरिने र जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, कोवे, सेन्दाई, लगायतका विभिन्न शहरहरुमा विद्यार्थीले रोजेको कलेज तथा विश्व विद्यालयमा अप्लाई गरिनुका साथै अन्यत्र बाट भन्दा यहाँबाट गएमा बढि सहज र सजिलो हुने हुदाँ विद्यार्थीहरुले इलीमो इन्टरनेशनल एकेडेमीलाई रोजेको विद्यार्थीहरुको भनाइ छ ।
“एकेडेमीले जापानमा भाषा पढेपछि कलेज अथवा युनिभर्सिटीमा भर्ना गर्न आवश्यक सहजीकरण गर्नेछ । अध्ययनमा गएका विद्यार्थीहरुले वर्किङ्ग,भिजिट,डिपेन्डेन्ट लगायतका भिजा प्रोसेसिङका लागि पनि सहजीकरण गर्ने काम हामीबाट हुन्छ ।” प्रबन्धक चालिसेले भने ।
एकेडेमीमा कम्प्युटरका विभिन्न सीप सिकाउने र कक्षा ७, ८ र ९ फेल भएकाहरुलाई प्राइभेट एसएलसी पास गराउने कक्षा पनि सञ्चालनमा भइरहेको छ ।