राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर २ राईटोलबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले  ६५ केजी गाँजा सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती-१२ निवासी चन्द्र बहादुर प्रजा रहेका छन् ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी नायव निरिक्षक पदम बहादुर बस्ताकोटीको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान २ बजे लागुऔषध गाँजा सहित प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार