
चैत ७ गते । खैरहनी नगरपालिका वडा नम्बर ९ मा मंगलबार दन्त शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरबाट एक सय दस जना स्थानीय लाभान्वित भएको वडा अध्यक्ष बन्धुराम महतोले जानकारी दिए । शिविरमा दांत निकाल्ने,सफा गर्ने काम भएको थियो । साथै सुगर,प्रेसर समेत परिक्षण गरिएको थियो । दांतको समस्या हुने तर अस्पताल सम्म नसकेकाहरु शिविरबाट लाभान्वित भएको वडा अध्यक्ष महतोले बताए । वडा अध्यक्ष महतोले वृद्धबृद्वामा दांतका समस्या बढी पाइएकाले यस्ता किसिमका शिविर आगामी दिनमा पनि आयोजना गर्ने बताएका छन् ।