
राप्ती, २६ चैत । दोस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलको लागि राप्ती नगरपालिकाबाट ४ जना महिला खेलाडी छनौट भएका छन् । जिल्ला छनौट खेल अन्तर्गत राप्तीबाट सहभागी रहेका १८ खेलाडीमा ४ जना छनौट भएका हुन् ।
छनौट हुने महिला खेलाडीहरुमा पूर्णिमा मोक्तान, रन्जिता न्यौपाने, दीक्षा मल्ल ठकुरी र प्रतीक्षा मल्ल ठकुरी रहेका छन् । चितवनका सातवटा पालिकाबाट १८ जना खेलाडी छनौट गरिएको छ । छनौट खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनीहरु चयन भएका हुन् ।
राप्तीबाट टीम अफिसियलमा म्याग्नेट लामा र मिलन रुम्बा रहेका छन् । महिला खेलाडीहरुमा धेरै सम्भावना रहेको उनीहरु बताउँछन् । जिल्लाबाट छनौट भएकाहरुले प्रदेश खेलकुदमा भाग लिने बताइएको छ ।