
राप्ती । राप्ती नगरपालिका वडा नम्बर २ ले काशीराज पाठकको नामबाट हुने सेवा प्रवाह रोक्का गरेको छ । सरकारी जग्गा अतिक्रमण गरि भोगचलन गर्दै आएको र खाली गर्न अटेर गरेको भन्दै वडाले पाठकको नामबाट हुने सबै सेवा प्रवाह रोक्का गरेको हो ।
राप्ती-२ मा नक्सामा रहेको सरकारी जग्गालाई सार्वजनिक हितको लागि उपयोग गर्न वडाबाट पटकपटक सुचना गर्दा पनि सुचनाको अटेर गरेको वडाले जनाएको छ । उक्त ठाउँमा अन्यले व्यक्तिहरुले जग्गा खाली गरिसकेको पनि सुचनामा बताइएको छ ।
राप्ती-२ मा खाली रहेको सरकारी जग्गालाई बाटो बनाउन लागिएको वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले बताए । वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सके जनतालाई सहज हुने उनले बताए । यसले दुर्घटना न्युनीकरणलाई पनि सघाउ हुने उनको भनाइ छ ।