
पूर्वी चितवनको राप्ती नगरपालिका ०६ हर्दीमा सोमबार साँझ साढे छ बजे दुर्घटना भएको छ। दुर्घटनामा बाइकमा सवार दुई जना युवकको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्यास बुलेटले सोहि दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००२ प ११८ नम्बरको मोटरसाइललाई पछाडिबाट ठक्कर दिँदा राप्ती– ५ का ३० बर्षीय नवराज दनै र सोहि ठाउँका २२ बर्षीय सचिन दनैको घटनास्थलमै मृत्यु भएको छ।
ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनालाई लिएर स्थानियबासी तथा युवाहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थल अझै पनि तनावग्रस्त रहेको छ भने बाटो खुलाउन ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।