राप्ती, १ बैशाख । नेपालभर वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागको आयोजनामा सप्ताह सञ्चालन भएको हो ।

यसै आयोजनालाई सफल पार्न राप्तीका सबै वडा कार्यालयहरुलाई नगरपालिकाले अनुरोध गरेको छ । नगरले वडा कार्यालयहरुलाई जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता अनिवार्य गराउन अनुरोध गरेको छ ।

‘नागरिकको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा, नेपाल सरकारको दर्ता शिविर मार्फत प्राथमिकता’ भन्ने नारा सहित सप्ताह सञ्चालन गरिएको हो ।

यता राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले सबै जनालाई घटना दर्तामा सहभागी हुन अनुरोध गरेका छन् । सरकारी सुरक्षा भत्ता प्राप्ती लगायत व्यक्तिको कानुनी पहिचान र राज्यबाट हुने विभिन्न सेवा प्राप्तिको लागि घटना दर्ता आवश्यक रहेको उनले बताए ।

यसैगरी राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले ३५ दिन भित्र घटना दर्ता गराउन अनुरोध गरेका छन् । घटना दर्तामा कोहि छुट्नु नहुनेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार