राप्ती नगरपालिका वडा नम्बर ८ मा नयाँ बर्ष मेला सुरु भएको छ । कालिका सिर्जनशील युवा परिषद्को आयोजनामा थ्री ग्रुप स्थित रातोमाटे फन पार्कमा मेला सुरु भएको हो ।

बाल उद्यान, भलिबल, साँस्कृतिक कार्यक्रम लगायत विभिन्न परिकारका खानाहरु मेलाका आकर्षकका रुपमा रहेका छन् । भलिबलमा प्रथम हुने टीमले १ लाख २० हजार, द्वितीय हुने टीमले ६० हजार र तृतीय हुने टीमले ३० हजार नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मेलाको संरक्षका कालिका सामुदायिक वन उपभोक्ता समूह, प्रवर्द्धकमा राप्ती-८ र विशेष सहयोगी संस्थामा राप्ती नगरपालिका रहेको छ ।

बागमती प्रदेशका पूर्वमन्त्री जेएन थपलियाले मेलाको उद्घाटन गरेका हुन् । उनले कार्यक्रममा बोल्दै युवाहरुको प्रयासलाई मान्नुपर्ने बताए । फनपार्कको निर्माण सम्पन्न गर्न आफूले सहयोग गर्ने पनि उनले बताए ।

क्लबका अध्यक्ष सोम बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा राप्ती नगर उप प्रमुख देवेन्द्र लामा, विभिन्न वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । बैशाख १ गतेबाट सञ्चालनमा आएको मेला १० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार