
राप्ती नगरपालिका वडा नम्बर ५ स्थित भण्डारामा रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नयाँ बर्षको अवसर पारेर भण्डारा भेटघाटले सेवा सुरु गरेको हो । मुख्यगरि मटन र चिकन परिकारलाई लक्षित गरि होटल सञ्चालनमा ल्याइएको हो । होटलमा बिर्यानी देखि ताससम्मका परिकारहरु उपलब्ध छन् ।
पहिला लक्ष्मी मिष्ठान्न भण्डार सञ्चालन गरि शाकाहारी होटल सञ्चालन गर्दै आएका गिरीराज पाठक (प्रकाश) ले होटललाई सञ्चालनमा ल्याएका हुन् । “अब हामीले मासु खानुहुने र नखानुहुनेहरुलाई छुट्टाछुट्टै होटलबाट सेवा दिन सक्छौँ ।” उनले भने । होटलको आडैमा मिष्ठान्न भण्डार रहेको छ ।
आफ्नै छोरीको हातबाट रिबन कटाउँदै उनले होटलको शुभारम्भ गरेका छन् । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल लगायत स्थानीयहरु उद्घाटन समारोहमा उपस्थित रहेका थिए ।