
राप्ती । पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्ती २ को अध्यक्षमा राजकुमार भट्ट अत्यधिक फराकिलो मतान्तरले विजयी भएका छन् । भट्टले ९ सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी कृष्ण प्रसाद पाण्डेले १ सय मत प्राप्त गरेका थिए ।
समितिको उपाध्यक्षमा उद्धव प्रसाद सिलवाल , कोषाध्यक्षमा राम प्रसाद बर्तौला(बिनोद) सचिवमा रामेश्वर गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमको यो दोस्रो कार्यकाल हो । समितिको सहसचिवमा गोकर्ण बहादुर बिसुन्के , महिला सदस्यमा शिष्टता थपलिया (सुस्मिता ) बिष्णुदेबि ठकुरी निर्वाचित भएका छन् ।
खुल्ला सदस्यहरुमा बुद्धिराज उप्रेती,चन्द्र बहादुर राई,बिस्णु प्रसाद ढकाल,लिलानाथ घिमिरे निर्वाचित भएका हुन् । जम्मा १ हजार ६ सय ६० सदस्य रहेको संस्थाको शनिबार सम्पन्न निर्वाचनमा १ हजार १ सय २३ मत खसेको थियो ।