राप्ती । राप्ती नगरपालिका वडा नं ६ का जनताले नगरले दिगो विकास सहितको काम गर्नुपर्ने कुरामा जोड दिएका छन् । शनिवार जनतासंग मेयर कार्यक्रममा सहभागी शिला थिङ्गले मेयर लामालाइ गरिबी निवारणको लागी दिगो विकास कार्यक्रम सञ्चालन गर्नूपर्ने सुझाव दिएकी हुन् । जवाफमा मेयर लामा भनेका छन “पहिलो आवश्यकता जे छ त्यहि पुरा गरेको छु । सके तत्काल नसके प्रकृया नमिलेमा कार्यपालिकामा छलफल गर्दैछौँ । ”

राप्ती ६ को भाष्मणी तालमा आयोजना भएको जनतासंग मेयर कार्यक्रममा सहभागी चन्द्रकान्त चौधरीले होमस्टे सञ्चालनमा प्रति घर १ लाख रुपैँया अपुग हुने भन्दै गुनासो गरेका थिए । पंण्डित चौधरीले टोल टोलमा विकासको बजेट व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए । सोमनाथ चौधरीले होमस्टे जातियताको आधारमा निर्माण गर्नुपर्ने भन्दै यस किसिमको कार्यक्रमको लागी सहभागिताको लागी मध्यवर्ती सामुदायिक वनलाइ समेत जानकारी गराउनुपर्ने सुझाव दिएका थिए ।

अर्काे सहभागि एवं राप्ती एकता मध्यवर्ती सामुदायिक वनका अध्यग्क्ष द्धारिकाराज सेढाइले भाष्मणी तालको व्यवस्थापन र सामुदायिक वनको लागी पालिकाले ध्यान दिनुपर्ने बताए । उनले भनेका छन होमस्टे निर्माणको लागी बलियो योजना बनाएर जानुपर्दछ ।

अर्का सहभागि राम सेढाइले भनेका छन “ताल व्यवस्थापनको लागी आवश्यक सहकार्य पालिकाले गर्नुपर्ने, तालमा पशुचौपाय रोक्नको लागी विकल्प दिनुपर्ने , सामुदायिक वनले सुधारिएको चुल्होको लागी सिफारिस दिनुपर्ने, सामुहिक जिप सफारी र संग्राहलय निर्माण गर्नुपर्ने सुझाव दिए” सहभागि रत्न लोप्चनले वनको उचित संरक्षणको लागी स्थानिय सरकार , वडा सरकार र सवैले आफ्नो स्थानमा रहेर सहयोग गर्नुपर्ने बताए ।

सहभागिको एकमुष्ट जवाफमा मेयर लामाले पहिलो बर्ष मैले पालिकाको सवै क्षेत्रमा भम्रण गदै अवलोकन गरिरहेको कारण आगामी समयमा समस्या र गुनासोलाइ सम्वोधन गर्ने प्रतिवद्धता जनाए । उनले तालमा आफ्नो बिशेष ध्यान गएको र यसको समन्वयमा आफु लागी पर्ने बताए । लामाले राप्ती ६ लाइ पर्यटकिय क्षेत्रको निर्माणमा सहयोग गर्ने र यसको लागी सवैको साथ र सहयोग रहेको बताए । पालिकाले यहि बर्ष देखि दिगो विकास कार्यक्रमको काम सुरु गर्ने कुरामा लामाले प्रतिवद्धता मात्र जनाएन उनले पहिलो बर्षमा यसका लागी आवश्यक केहि उदारणिय काम समेत सुरु भएको बताए । उनले विभिन्न समुदायलाइ काम गर्ने र शिप मुलक कामको लागी सुरुवात भएको बताए । उनले राप्ती ११ मा थाकलको शिपमुकल काम सुरु भएको बताए । उनले कृषिको माध्यमको काम सुरु गरेको बताए । विभिन्न वडामा सिपमुलक काम सूरु भएका छन् ।

राप्ती ६ का ६ परिवारलाइ होमस्टे सुरु गरेका छौ । कार्यक्रममा वडाध्यक्ष जल्लु महतो थारुले वडाको नियमित काम र विकास अगाडी बढीरहेको बताउदै जनातमुखि काममा मेयर साव आफै अगाडी बढेका बताए । “हामेस्टेको लागी उहाले वडानं ६ लाइ प्राथमिकतामा राख्नु भयो । अब हामीले काम गरेर देखाउनुपर्छ ।”

कार्यक्रममा राप्ती नगरपालिका वडा नं ६ कि वडा सदस्य एवं जिल्ला समन्वय समिती सदस्य गुनु सुनार, वडा सदस्य राजकुमार तामाङ्ग, ममिता कुँवर र सहदेव सेढाइको सहभागिता रहेको थियो । साथै वडाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमलाइ बिशाल न्युज दैनिकले समन्वय गरेको हो । कार्यक्रम राप्ती नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार