चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (COVID-19)रोग विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य संस्थाको प्रस्तुति सडक नाटक ‘कहर’ आज बाट ९ वटा वडाको १० स्थानमा प्रदर्शन गरी समापन भएको छ।

कोभिड-१९ अर्थात कोरोना महामारीको रोकथामका लागि नगरपालिकाले नगरबासिमा चेतना जगाउन सो नाटक प्रदर्शनको आयोजना गरिएको थियो ।

एक घण्टा लामो नाटकमा व्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेएको थियो ।

चागुँनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र ज्यु को उपस्थितिका साथ नाटक समापन गरिएको थियो ।

नगरपालिकले नगरबासीमा कोरोनको सचेतना बिभिन्न माध्यमबाट जगाऊदै आएकोमा सडक नाटक विधि अत्यन्त प्रभावकारी रहेको नगर प्रमुख सोम मिश्रले बताउनु भयो।

मङ्सिर ५ गतेदेखि ९ गतेसम्म नगरपालिकाको विभिन्न स्थानमा नाटक प्रदर्शन भएको थियो ।यस नाटकको नाट्य संयोजक कृष्णचन्द्र न्यौपाने र नाटकका निर्देशक प्रभाकर न्यौपाने रहनुभएको थियो ।

कोभिड-१९ बाट जोगिनका लागि प्रदर्शन गरिएको नाटकमा चर्चित रंगकर्मी तथा कलाकर्मिहरु राजेंद्र गद्तौला,प्रल्हाद खरेल,राधा श्रेस्ठ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वति अधिकारी र मन्जु गिरी आदिको बेजोड अभिनय रहेको छ भने संगीत संयोजन सुरेश चन्द्र न्यौपानेको रहेको थियो ।

यो सडक नाटक अन्य नगरपालिकाहरुमा पनि प्रदर्शनी गर्ने योजना रहेको नाटकका निर्देशक तथा आरम्भ कलाकरहरुको समुहका अध्यक्ष प्रभाकर न्यौपानेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार