
पूर्वी चितवनको राप्ती नगरपालिका ०५ की एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् ।
अन्दाजी ३५ बर्षीय कमला बुढाथोकीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन् । स्थानियहरुले उपचारको निमित्त भरतपुर लगिएको उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
घटनाको इलाका प्रहरी कार्यालय भण्डाराद्वारा थप अनुसन्धान भइरहेको छ।