
पूर्वी चितवनको राप्ती नगरपालिका ०४ मा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ।
राप्ती नगरपालिकाको सक्रिय युवा क्लबहरु श्री लक्ष्मी नारायण युवा समाज र Junction for Managing Teamwork को सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको हो।
कार्यक्रम २०७७/०८/११ गते बिहिवार बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म लक्ष्मी नारायण मन्दिरको प्राङ्गणमा सञ्चालन हुनेछ।
कोभिड १९ को कारणले बढ्दो रगतको मागलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक टीमले जनाएको छ।