नेपाल वेद विद्याश्रम आजबाट ४७अौं वर्ष प्रवेश गरेको छ। बि.स. २०३१ सालमा स्थापना भई हालसम्म अनवरत रूपमा आफ्नो ४६ अौं बर्ष पूरा गरि ४७ बर्षमा प्रवेश गरेको हो ।

नेपाल वेदविद्याश्रम पशुपति क्षेत्र विकास कोषको शैक्षिक उपक्रम हो । पशुपति क्षेत्रमा अवस्थित यो विद्यालय संस्कृत क्षेत्रको सानो प्रयास हो।

बि.स. २०२६ सालमा निर्माण प्रारम्भ भइ बि.स. २०३१ बाट पठनपाठन आरम्भ भएको र साथसाथै बि.स. २०४३ सालबाट प्रवेशिका परीक्षामा सामेल भई हालसम्म निरन्तर रूपमा अघि बढि रहेको छ।

गुठीसंस्थानको स्वामित्वमा स्थापित यो विद्यालय बि.स. २०५६ सालदेखि पशुपति क्षेत्र विकाष कोषमार्फत् सञ्चालित छ।

वेद,व्याकरण, नेपाली , अङ्ग्रेजी, गणित ,सामाजिक,रुद्री, गीता , चण्डी, कर्मकाण्ड , वेद , अनुवाद , संस्कृत भाषा,ज्योतिष,उपनिषद्, साहित्य लगायत ग्रन्थहरूको अध्यायन अध्यापन हुदै आइरहेको।

सम्पूर्ण आवासीय नि:शुल्क सुविधासहित लगभग ६० जिल्लाका ११० जना विद्यार्थीहस छात्रबासमा रहेर अध्ययन गरिरहेका छन् ।

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको स्थायित्व नहुनु यस विद्यालयको सबैभन्दा दुखद् पक्ष हो, यो समस्या हल भएमा विद्यालयको उन्नति प्रगति र सञ्चालकको श्रीवृध्दिमा पनि यथेष्ट टेवा पुग्ने निश्चित देखिन्छ ।

यस विद्यालयले धर्म संस्कृतिका साथसाथै एक कर्मनिष्ठ वैदिक ब्राह्मण उत्पादनमा लागि रहेको छ । यस विद्यालयमा कक्षा ४ देखि १२ कक्षा सम्म सञ्चालन हुदै आइरहेको छ।

यस बर्ष कोरोना महामारीका कारणले वार्षिकोत्सब हुन् न सकेको र विद्यार्थीहरूलाई भर्चुअल माध्यामबाट पठन पाठ गराइएको विद्यालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार