मंसिर १३
दिनेश बिसुन्के-
राप्ती नगरपालिका र खैरहनीमा आयोजना भएको शिविरमा ८ सय ८३ जनाको निशुल्क आखा परिक्षण गरिएको छ । जसमा ९० जनाको अप्रेशन गर्नुपर्ने देखिएको कार्यक्रम आयोजक मदन भण्डारी फाउण्डेशन क्षेत्रिय तथा नगर कमिटीका कार्यक्रम संयोजक तारकेश्वर सिंले बताउनु भयो ।

२ नगरपालिका गरी ४ ठाउँमा आँखा शिविर भएको हो । बिरेन्द्रनगरमा २४२ जनाको परिक्षण भएकोमा ३० जनामा मोतिया बिन्दु देखा परेको हो । भण्डाराको पडरियामा ३५० जनाको परिक्षण भएको र २९ जनामा मोतियाबिन्दु देखा परेको छ । कठारमा भएको आँखा परिक्षणमा १ सय २४ जनामा ४ जनामा मोतियाविन्दु भएको हो । राप्ती नगरपालिका वडा नं. ६ मा रहेको आधारभुत विद्यालय र वडा नं. ७ मा रहेको नेपाल रेडक्रस उपशाखा बिरेन्द्रनगर मा शिविर भएको हो । निशूल्क आँखा शिविरमा आँखा परिक्षणको लागि आउने मानिसको संख्या उल्लेखनिय रहेको फाउण्डेशन नगर कमिटीका अध्यक्ष हरि पौडेलले बताउनु भयो ।

४ वटै स्थानमा कोभिडको बिषयलाइ लिएर सामान्य औपचारिक कार्यक्रम आयोजना गरिएको फाउण्डेशन प्रचार प्रसार संयोजक प्रकाश कालाखेतिले बताउनु भयो । पडरियाको आधारभुत विद्यालयमा भएको कार्यक्रममा क्षेत्रिय कमिटी अध्यक्ष गोविन्द कडेलको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिका उप मेयर इमानसिह लामा रहनु भएको थियो । कार्यक्रममा क्षेत्रिय सचिव गोमनसिह लामा ,नगर उपाध्यक्ष पुर्ण थापा, नगर सचीव राजकुमार कंडेल,नगर उपाध्यक्ष श्यामलाल विक, गोपिलाल घलान, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम प्रसाद महतो, पुर्व अध्यक्ष राज कुमार तामाङ, खेलकुद विकास समितीका कोषाध्यक्ष भगवान भेट्वाल, निराजन चौधरी, सुजन थापा र प्रचारप्रसार समितीका सचिव अभियान पाठकको उपस्थिती रहेको थियो ।

यता विरेन्द्रनगरमा भरतपुर आखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश घिमिर र कृष्ण गौतमको नेतृत्व तथा क्षेत्रिय अध्यक्ष गोविन्द कडेलको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा नगेन्द्र अधिकारी , गणेश कडेल लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम खैरहनी नगरपालिका वडा नं. १३ गवाइ माविमा सम्पन्न भएको थियो। कार्यक्रम फाउण्डेशनको जिल्ला कमिटी सदस्य शेखर शर्माको अध्यक्षता र वडा अध्यक्ष बालकुमार उप्रेतीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । क्षेत्रिय कमिटी उपाध्यक्ष भरत भण्डारीको स्वागत मन्तव्य , जयराम चौधरी, प्रेम केसि , सुमन तामाङ, विजय विश्वकर्माको उपस्थिती रहेको थियो । खैरहनी ११ मा भने औपचारिक कार्यक्रम नभएता पनि वडा अध्यक्ष हाकिमसि उप्रेती, कार्यपालिका सदस्य मुनु भुजेल , गोपाल घलान र लक्षमण चौधरीको उपस्थिती रहेको थियो । आँखा शिविरमा धेरै जसो मोतियाबिन्दु भएका आँखाका बिरामीहरु जाँच गर्न आउनु भएको नेत्र सहायक डा. गोकुल दाहालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार