
सहयोगी मन नेपालले गरिब दु:खी तथा असहाय अनाथहरूलाई सहयोग गर्ने बताएको छ।
“सहयोगी मन नेपालले गरिब, असाहाय, अनाथ मानिसको स्वास्थ्य समस्यालाई उजागार गर्दछ, पैसाको कारणले उपचार नपाएर कोहि कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हाम्रो अभियानको लक्ष्य हो।” अध्यक्ष रामेश्वर तिमल्सिनाले बताउनुभयो।
“विभिन्न सहयोगी हातहरुसँग सहयोग संकलन गरी गरिब पिडितको स्वास्थ्यमा पैसाको कारण उपचार गर्न नसकेको हरुलाई सहयोग गर्दछौ र गर्दै पनि आइरहेका छौँ।” उनले बताए।
‘हाम्रो सानो सहयोगले कसैको जिवनमा बदलाब आउँन सक्छ भने र कसैको जिबन बच्न सक्छ भने,हामी किन हुनेले नहुनेलाई सहयोग गरौ । यस अभियानमा तपाईको साथ र सहयोगको सदैब अपेक्षा गदछौ । हाम्रो सानो सहयोगले कसैको जिबन बचाँउन सक्छौ भने हामी किन परिणाम मुखी नहुने’ उनीहरूको भनाई छ।
अब, हामी सोच बदलौ, हाम्रो सानो सहयोगले कसैको उद्धार हुन्छ भने मन खोलेर सहयोग गरौ ।
तपाईको सानो सहयोगले कसैको उद्धार हुन सक्छ ।
र तपाईंको जीवन त परिणाममुखी भयो नै तपाईंको सहयोगले अरूको पनि जीवन सार्थक हुने भयो ।