राप्ती नगरपालिकामा १० शैयाको भण्डारा अस्पताल को भवन शिलान्यास गरिएको छ ।

सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख प्रभा बरालले अस्पताल भवनको विधिवत शिलान्यास गर्नुभएको हो ।उहाँले अस्पतालको शिलन्यासले नगरका बासिन्दालाइ अझ स्वस्थ राख्नका लागी महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

संघीय सरकारको योजना अनुसार देशैभरका स्थानीय तहहरुमा आधारभुत अस्पताल शिलान्यास गर्ने कार्यक्रम अनुरुप राप्तीमा पनि अस्पताल शिलान्यास गरिएको हो । भवन निर्माणका लागि यसै बर्ष कार्यन्वयन हुने गरि संघीय सरकारले ८५ लाख बजेट उपलब्ध गराएको छ ।

भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रसाशकिय अधिकृत गंगाबहादुर भुजेल, नेपाल कम्युनिष्ट पार्टी क्षेत्रीय संयोजक घनश्याम कँडेल, स्वास्थ शाखा प्रमुख, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य तथा सञ्चारकर्मीहरु लगायत स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर