
पुर्वी चितवनको राप्ती नगरपालिका ०४ स्थित लक्ष्मीनारायण चोकमा राती ११:१५ बजेतिर दुर्घटना हुँदा एकको ज्यान गएको छ।
पुर्व-पश्चिम राजमार्गमा पुर्वबाट आउदै गरेको ना.४ ख. ६७२८ नम्बरको बस र सोहि दिसाबाट आउदै गरेको ना.२७ प. ३९०६ नम्बरको बाइक बसको पछाडी ठोक्किदा बाइकमा सवार मनहरी घर भइ हाल राप्ती ०४ डडुवा निवासी अन्दाजी २८ बर्षका रोशन लामाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारको लागि मेडिकल कलेज लगिएको र उपचारको क्रममा उनक मृत्यु भएको इलाका प्रहरी भण्डाराका प्रहरी निरीक्षक राजिव गिरिले जानकारी दिनुभयो ।