चितवनमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा तिनजना र चितवन मेडिकल कलेजमा एकजनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा मृत्युहनेहरु सबै चितवनका रहेको र चितवन मेडिकल कलेजमा मकवानपुर निवासी एकजनाको मृत्यु भएकोे छ । भरतपुर अस्पतालमा  खैरहनी १३ निवासी ५५ बर्षिय महिला , भरतपुर ११ निवासी १८ बर्षिय महिला र भरतपुर ११ निवासी ६५ बर्षिय ६५ पुरुषको मृत्यु भएको हो । भरतपुर अस्पतालमा मृत्यु हुने तिनैजनाको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा हेटौंडा १५ निवासी ५८ बर्षिय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । उनी स्वास प्रस्वासमा समस्या आएर आइतबार अस्पताल भर्ना भएका दिए । उनमा सोमबार कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा मंगलबार बिहान करिब २ बजेर ५० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार