
साहित सिंह ठकुरीको शब्द तथा निर्देशनमा ‘दुनियाँ तिमी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा स्वर रचना रिमाल र रिषी थापाको रहेको छ। त्यस्तैगरि संगीत सुरज कालाखेती र रिषी थापाको रहेको छ। गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् भने मिक्सिङ्ग विप्लव अधिकारीको रहेको छ।
गीतमा उमेशजंग ठकुरी र अमृता रानाको अभिनय रहेको छ।
माया पिरतीमा आधारित उक्त गीत OSR Digital युटुब च्यानलमा उपलब्ध रहेको छ।