पूर्वी चितवनको राप्ती नगरपालिका स्थित सहयोगी युवा क्लबको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।

क्लबका अध्यक्ष दिपेन्द्रराज अधिकारीको अध्यक्षतामा बसेको साधारण सभामा केही कार्य समिति समेत हेरफेर भएको थियो। “क्लबमा भएका केही पदाधिकारीहरु विदेशिनु भएकोले रिक्त पद पुर्तिको लागि नयाँ पदाधिकारी पनि थप्यौँ।” अध्यक्ष अधिकारीले बताए।

कोभिड १९ तथा अन्य विविध कारण बस्न नपाएको बैठक पनि यही अवसरमा पुर्ण भएको उनले बताए।

सहयोगी युवा क्लब विगत केही बर्ष यता देखि सक्रिय रुपमा समाजिक कार्यमा लागेको युवा क्लब हो। यस क्लबमा ७ सदस्यीय कार्यसमिति रहेको छ। जसमा अध्यक्ष दिपेन्द्रराज अधिकारी, उपाध्यक्ष विजय पौडेल, सचिव हेम थापा मगर, सह-सचिव प्रदिप कंडेल, कोषाध्यक्ष गणेश थापा मगर, सह-कोषाध्यक्ष बिमल अधिकारी र सदस्यमा संजय पौडेल रहेका छन्।

त्यस्तैगरि प्रथम अधिवेशनको अवसर पारेर सल्लाहकार समिति पनि गठन गरिएको छ। जसमा पुर्ण प्रसाद आचार्य, खिल प्रसाद घिमिरे र माधव गिरी रहनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार