मंसिर २०
चितवन-
लियो क्लब अफ चितवन बिरेन्द्रनगरको पाँचौ संस्थापन दिवस एक कार्यक्रम आयोजना गरि मनाइएको छ।

कार्यक्रममा लियो बर्ष २०२०-२०२१ का अध्यक्ष सभापतित्वमा सम्पन्न भएको थियो।

त्यस्तैगरि कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला ३२५ बि टु का अध्यक्ष कुबेर पाठक, बिशिष्ट अतिथिको रुपमा लियो क्लब अफ चितवन बिरेन्द्रनगरका संस्थापक अध्यक्ष राज कुमार कँडेल, लियो जिल्ला उपाध्यक्ष ३२५ बि टु अनिष लामिछाने, लियो जिल्ला ३२५ बि टु कोषाध्यक्ष राजन श्रेष्ठ, लायन्स क्लब अफ चितवन बिरेन्द्रनगर अध्यक्ष डिल्लीराम अधिकारी हुनुहुन्थ्यो।

त्यस्तैगरि अतिथिको भुमिकामा लियो एडभाइजर श्रीकृष्ण गौतम,लायन्स क्लब अफ चितवन बिरेन्द्रनगर सचिव बिन्दु सिंजाली, लियो क्लब अफ चितवन बिरेन्द्रनगरका संस्थापक अध्यक्ष प्रकाश कालाखेती, पूर्व अध्यक्षहरु सुदिप कँडेल र दिपेन्द्रराज अधिकारी हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन लियो क्लब अफ चितवन बिरेन्द्रनगरका सचिव रेशम कडेँलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार