पूर्वी चितवनको राप्ती नगरपालिका ०६ अन्तर्गत कालिका पम्प नजिकै बेलुकी ८:२० बजेतिर एक बाइक ट्याक्टरसँग ठोक्किदा बाइकमा सवार प्रहरी जवान सुजन न्यौपानेको मृत्यु भएको छ।

पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ६ त ३३८१ ट्याक्टर र सोही दिशाबाट आएको ३७ प ५५४५ बाइक एक आपसमा ठोक्किएको थियो।

दुर्घटना गम्भीर घाइते भएको उनलाई उपचारको लागि भरतपुर लगिदैँ गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।

पछिल्लो समय राप्ती नगरपालिकामा सडक दुर्घटना बढ्दो अवस्थामा रहेको छ। यसका साथै दुर्घटनामा ज्यान गुमाउनेको पनि सङ्ख्या बढ्दो छ। केही दिन अघि मात्र तीन युवकले फरक फरक दुर्घटनामा ज्यान गुमाएका थिए। दैनिकी सानो ठूलो गरि दुई देखि तीन पटक सम्म दुर्घटना भएको स्थानिय बासी बताउछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार