पूर्वी चितवनको राप्ती नगरपालिकामा खुल्ला नक आउट टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ।

“स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ राप्ती नगरपालिकालाई क्रिकेटमा सबल बनाउने लक्ष्य सहित राप्ती नगरपालिका ०८ मा रहेको सहयोगी युवा क्लब द्वारा आयोजना हुन लागेको खुल्ला नक आउट टी-२० क्रिकेट प्रतियोगिताको लागि आज बीरेन्द्र आदर्श मावि, बिरेन्द्रनगरको खेल मैदान सम्याउने काम भएको छ ।

खेल मैदान आसपासमा रहेका झाडी फडानी , फोहोर व्यवस्थापन तथा सरसफाइको काम गरी आज नमिलेका मैदान लाई रोलर लगाएर सम्याइएको हो ।

मंसिर २७ गते बाट सुरु हुने उक्त खेलमा २० स्थानीय क्रिकेट क्लवद्वारा खेल प्रदर्शन हुने आयोजक समितिले जानकारी दिएको छ ।

E-planet Educational consultancy Pvt. Ltd. मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको प्रथम पुरस्कार भने रु ३३,३३३, द्वितीय पुरस्कार रु २२,२२२ सँगै मेडल ट्रफी र प्रमाण पत्र रहेका उक्त आयोजक क्लबका अध्यक्ष एवम् कार्यक्रम संयोजक दिपेन्द्रराज अधिकारीले जानकारी दिए ।

खेलको अफिसियल मिडिया पार्टनर सजिलोपाटी डट कम रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार