
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थाइ कमिटी सदस्य एवम् पुर्ब अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पार्टीका केन्द्रिय कमिटी सदस्य पुर्व सभासद एवम् दक्षिण कोरियाका पुर्व राजदुत कमान सिह लामाको निधनमा शोक व्यक्त गर्नुभएको छ ।
आज सामाजिक संजाल फेसबुक मार्फत उहाँले शोक व्यक्त गर्नुभएको हो । पाण्डेले दिवंगत लामा प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको छ ।
कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका लामा २०३५ सालमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य रहनुभएको थियो । २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत समेत हुनुभएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा हुनुहुन्थ्यो । कमरेड लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।