लेखक प्रशान्त शर्माको पहिलो कृति (उपन्यास) ‘रुखहरुको मृत्यु’बजारमा आएको छ ।

शर्माको पहिलो उपन्यास मंसिर २५ गतेबाट बजारमा उपलब्ध भएको हो । लेखकका अनुसार उपन्यासलाई असोजमा नै सार्वजनिक गर्ने तयारी भएता पनि कोरोना संक्रमणको जोखिमसँगै अन्य प्राविधिक कारणले केही पछि धकेलिएको हो।

उनले भने, ‘पुस्तकको सबै काम सकिएर प्रशासनको प्रक्रियामा केही ढिला भएको थियो । असोजमा प्रकाशन गर्ने तयारी भएतापनि त्यो बेला सकिएन् । केहि ढिला भएर अहिले भने पुस्तक सार्वजनिक रुपमा बजारमा आएको छ ।’

भिडभाड गर्न सक्ने अवस्था नभएकाले पुस्तकलाई औपचारिक रुपमा विमोचन गर्न नसकिएको लेखक शर्माले बताए । उनका अनुसार कोरोना संक्रमणको जोखिम कम नभईसकेकाले अहिले पुस्तकलाई विमोचन गर्न सकिएन् ।

शर्माले आफ्नो पहिलो कृतिमा एक मानिसलाई समय र नियतीले कसरी डोहोराउँछ भन्ने कुरालाई प्रस्तुत गरेको बताउँछन् । ‘उपन्यासमा एक पात्रको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छु,’ उनले भने, ‘एक मानिसको जीवनमा प्रेम, परिवार, पेशा र अन्य यावत तत्वहरुले के कस्ता प्रभाव पार्छन् र त्यसको असर कस्तो किसिमको हुन्छ भन्ने कुरा पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।’

पुस्तकलाई एबिडि प्रकाशनले बजारमा ल्याएको हो भने पुस्तकमा २६६ पृष्ठ रहेको छ र पुस्तकको मुल्य ३५० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार