
चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका १९ सहित २९ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । चितवनको भरतपुर महानगरपालिकाको ९ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै रत्ननगरको ४ पुरुष र १ महिला , खैरहनीको २ पुरुष र १ महिला , राप्तीको १ जना पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै मकवानपुरको १ पुरुष र १ महिला , नवलपुरको २ पुरुष र २ महिला , कैलालीको १ महिला र रुपन्देहीको १ पुरुषमा कोरोना पुष्टि भएको हो ।