आज मंसिर २५ गते नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा को बार्षिक साधारण सभा तथा अधिवेशन संस्थाका वर्तमान अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अथितिमा राप्ती नगरपालिका ०२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, विशिष्ट अथितिमा राप्ती नगरपालिका ०१ का वडा अध्यक्ष सिद्दिलाल स्याङ्तान, नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि प्रसाद पौडेल र महेश्वर थपलिया हुनुहुन्थ्यो। कार्यक्रम स्थानीय समाजसेवीको आतिथ्यतामा सञ्चालन भएको कुरा संस्थाका सचिव ओम प्रसाद डल्लाकोटीले जानकारी दिनुभयो।

आजको अधिवेशनबाट पुरानै अध्यक्ष रामबहादुर लामिछाने, उपाध्यक्ष मेनका पाठक,सचिव ओम प्रसाद डल्लाकोटि रहनु भएको छ भने कोषाध्यक्षमा बिष्णु कुमार भट्ट,उप-कोषाध्यक्ष बच्चुराम ढकाल, उप-सचिव बिश्वराम सेढाई,महिला सदस्य देवी भट्ट उप्रेती, सदस्यहरु रामेश्वर सिंह वली, बिना उप्रेती, गौरीकान्त डल्लाकोटी,यमलाल पाठक(नमराज) रहनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार