पुर्वी चितवनको राप्ती नगरपालिका ०७ स्थित बिरेन्द्र आदर्श माविको खेल मैदान जारी खुल्ला टी-२० म्याच अन्तर्गत आज भएको उद्घाटन खेलमा BMW टीमद्वारा लामा स्पोर्ट्स क्लब ८ विकेटले पराजित भएको छ।

टस जितेर ब्याटिङ रोजेको लामा स्पोर्ट्स क्लबले १३ ओवरमा ६० रन बनाउदै आफ्नो सबै विकेट गुमायो। ६१ रनको लक्ष्य पाएको BMW टीमले १२ ओवरमा २ विकेट गुमाउदै लक्ष्य भेट्टाएको थियो।

४ ओवर गरेर ३ विकेट लिएका BMW टीमका बलर वसन्त गुरुङ म्यान अफ त म्याच भए। आजको म्याचले अगामी दिन खेल्न झन् हौसला मिलेको BMW टीमका कप्तान बिबेक गौतमले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार