सहयोगी युवा क्लबद्वारा आयोजना गरिएको चितवनमा जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा e-planet चितवनद्वारा मास्टर टोल बिरेन्द्रनगर ८८ रनले पराजित भएको छ।

बिरेन्द्र आदर्श माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको e-planet ले निर्धारित २० ओवरमा ४ विकेट गुमाइ १७२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रेको मास्टर टोल बिरेन्द्रनगर १४ ओवरमा सबै विकेट गुमाउदै ८४ रनमै समेटियो।

विजयी टीमबाट ब्याटिङमा ६० रन र बलिङमा ३ विकेट लिएका बिबेक गिरी म्यान अफ द म्याच घोषित भए। भोलि लियो क्लब अफ चितवन खैरहनी र शिवशक्ति क्लब बिच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार