चितवनको राप्ती नगरपालिका ०७ स्थित बिरेन्द्र आदर्श माविको खेल मैदान जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा शिव शक्ति युवा क्लबले लियो क्लब अफ चितवन खैरहनीलाई हराउदै विजयी भएको छ।

टस जितेर ब्याटिङको ब्याटिङ गरेको शिव शक्ति युवा क्लबले १८ ओवरमा सम्पूर्ण विकेट गुमाइ १२६ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रेको लियो क्लब अफ चितवन खैरहनी १८ ओवरमा सबै विकेट गुमाउदै १२४ रन बनायो।

विजयी टीमबाट ब्याटिङमा १८ रन र बलिङमा २ विकेट लिएका पुष्कर त्रिपाठी म्यान अफ द म्याच घोषित भए। उनलाई आयोजक टीमका अध्यक्ष दिपेन्द्रराज अधिकारीले मेडल लगाइ दिए। भोलि सौराहा र ज्यामिरे बिच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार