काठमाडौं पुष -१ अहिलेका चर्चित गायक प्रबिण बेडवाल तथा गायिका समिक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत ‘लाइदेउ माया’ करुणा कँडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।

यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुषोत्तम न्यौपाने ले गर्नु भएको छ । गीतमा प्रखर अभिनयले खारिएका कलाकार सागर लम्साल ’बले ’ र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको पनि जोडदार अभिनय रहेको छ भने यस म्युजिक भिडिओ को निर्देशन र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

गीतको कथा तथा कोरियोग्राफअरमा प्रबिन थापा छन्। यस म्युजिक भिडियो लाई छायांकन नमराज घिमिरेले गरेका छन्। पहिलो पटक सागर लम्साल ‘बले’ र गरिमा शर्मा यस गीत मार्फत प्रेमजोडीको रुपमा देखा परेका छन्। यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास निर्माण पक्षको रहेको छ ।यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर” गीत सार्वजनिक भईसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार