चितवनको राप्ती नगरपालिका ०७ स्थित बिरेन्द्र आदर्श माविको खेल मैदानमा जारी सहयोगी युवा क्लबद्वारा आयोजित खुल्ला टी-२० क्रिकेट प्रतियोगितामा हेटौँडा क्रिकेट टीमद्वारा डेजी स्कुल ९ विकेटले पराजित भएको छ।

टस जितेर ब्याटिङको निर्णय गरेको डेजी स्कुलले निर्धारित २० ओवरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रेको हेटौंडा क्रिकेट टीमले ११ ओवरमा १ विकेट गुमाउदै लक्ष्य भेट्टायो।

विजयी टीमबाट ब्याटिङमा ५१ रन जोडेका बिबेक दाहाल म्यान अफ द म्याच घोषित भए। उनलाई आयोजक टीमका सल्लाहकार खिल प्रसाद घिमिरेले मेडल लगाइ दिए। भोलि टाँडी टीम र पारिजात टीम बिच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार