चितवनको राप्ती नगरपालिकामा सहयोगी युवा क्लबद्वारा आयोजित बिरेन्द्र आदर्श माविको खेल मैदानमा जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ग्लो साइन क्रिकेट टीम विजयी भएको छ। टस जितेर बलिङको निर्णय गरेको ग्लो साइनले शिवपुरी क्लबलाई १०१ रनमा रोकेको थियो।

१०२ रनको लक्ष्य लिइ ब्याटिङमा उत्रेको ग्लो साइन क्रिकेट टीमले १० ओवरमा १ विकेट गुमाउदै लक्ष्य भेट्टायो।

विजयी टीमबाट बलिङमा ३ विकेट र ब्याटिङमा २० रन जोडेका अनिल सापकोटा म्यान अफ द म्याच घोषित भए। खेल ढिलो सुरु भएपछि १६ ओवरमा झारिएको थियो।

त्यस्तैगरि प्रतियोगिताको दोस्रो खेल अन्तर्गत बारा क्रिकेट टीम र पर्सा क्रिकेट टीमको खेलमा बारा ८५ रनले विजयी भएको छ।

टस जितेर ब्याटिङ गरेको बाराले निर्धारित २० ओवरमा १८० रन बनाएको थियोे। जवाफि ब्याटिङमा उत्रेको पर्साले १७ ओवरमा सबै विकेट गुमाउदै ९५ रन मात्र बनाउन सक्यो।

विजयी टीमबाट ब्याटिङमा ६० रन र बलिङमा ४ विकेट लिएका रन्जित सिंह म्यान अफ द म्याच घोषित भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार