चितवनको राप्ती नगरपालिका ०७ स्थित बिरेन्द्र आदर्श माविको खेल मैदान जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगितामा आयोजक ‘ए’ टीमले कोमा क्रिकेट टीमलाई ६ विकेटले हराएको छ।

टस जितेर बलिङ गरेको ‘ए’ टीमले कोमा क्रिकेट टीमलाई १६ ओवरमा अल आउट गर्दै ७८ रनमै सिमित गरायो।

जवाफी ब्याटिङमा उत्रेको आयोजक ‘ए’ टीमले ६.३ ओवरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो।

विजयी टीमबाट ब्याटिङमा १० रन र बलिङमा ३ रन दिएर महत्त्वपूर्ण ३ विकेट लिएका सफल पाठक म्यान अफ द म्याच घोषित भए। उनलाई जन आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्ष गोविन्द कँडेलले मेडल लगाइ दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार