चितवनको राप्ती नगरपालिका ०७ स्थित बिरेन्द्र आदर्श माविको खेल मैदान जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगितामा भण्डारा क्रिकेट टीमसँग सुण्डी क्रिकेट टीम ९ विकेटले विजयी भएको छ।

टस जितेर बलिङ गरेको सुण्डीले १६ ओवरमा ९ विकेट लिदैँ ९२ रनमा सिमित गरायो।

जवाफी ब्याटिङमा उत्रेको सुण्डीले ८.२ ओवरमा १ विकेट गुमाउदै लक्ष्य भेट्टायो।

विजयी टीमबाट ब्याटिङमा ४५ रन र बलिङमा ३ विकेट लिएका सुमन सिलवाल म्यान अफ द म्याच घोषित भए।

त्यस्तैगरि दोस्रो खेलको दोस्रो राउण्ड अन्तर्गत सहयोगी युवा क्लब विजयी भएको छ। टस जितेर ब्याटिङ गरेको सहयोगी युवा क्लबले १६ ओवरमा ६ विकेट गुमाउदैँ १४२ रन बनायो।

१४३ रनको लक्ष्य लिइ क्रिजमा उत्रेको पर्सा क्रिकेट टीम १० ओवरमा सम्पुर्ण विकेट गुमाइ ४४ रनमै समेटियो।

विजयी टीमबाट ब्याटिङमा ३८ र बलिङमा ३ विकेट लिएका बिबेक कँडेल म्यान अफ त म्याच भए।

प्रतिक्रिया

सम्बन्धित खवर