
चितवनको राप्ती नगरपालिकामा सहयोगी युवा क्लबद्वारा आयोजित बिरेन्द्र आदर्श माविको खेल मैदानमा जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो राउन्डको आज भएको खेलमा e-planet क्रिकेट टीम BMW क्रिकेट टीमसँग विजयी भएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको e-planet ले निर्धारित २० ओवरमा ४ विकेट गुमाउदै २०६ रनको विशाल योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङमा उत्रेको BMW टीमले २० ओवरमा ६ विकेट गुमाउदै १११ रन मात्र बनाउन सक्यो।
विजयी टीमबाट अविजित १२४ रन बनाएका निशम तिमल्सिना म्यान अफ द म्याच घोषित भए।