
चितवनको राप्ती नगरपालिकामा सहयोगी युवा क्लबद्वारा आयोजित बिरेन्द्र आदर्श माविको खेल मैदानमा जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो राउन्डको आज भएको खेलमा राप्ती ०९ क्रिकेट टीम २ विकेटले विजयी भएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको ग्लो साइन क्रिकेट टीमले निर्धारित २० ओवरमा ३ विकेट गुमाउदै १५४ रनको योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङमा उत्रेको राप्ती ०९ ले १९.२ ओवरमा ८ विकेट गुमाउदै लक्ष्य भेटाउन सफल भयो।
विजयी टीमबाट ५९ रन बनाएका प्रताप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। भोलि पहिलो खेल गैँडाकोट र टाँडी र दोस्रो खेल हेटौँडा र CMS बिच हुनेछ।