
माइतीघर मण्डलमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गरेका एक उखु किसानको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाही धनकौला घर भएका ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयघातबाट मृत्यु भएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्राले जानकारी दिए।
उनीलाई सहिद गंगालाल हस्पिटलमा भर्ना गरिएको थियो।