
राप्ती नगरपालिकाको पहिलो पत्रिका न्युज टाइम्स साप्ताहिकको दोस्रो अंक बुधबार देखि सर्वत्र बजारमा उपलब्ध हुनेछ। स्थानिय तथा देश विदेशका मुख्य समाचारलाई सम्प्रेषण गर्ने हेतुले बजारमा आएको पत्रिकाको पहिलो अंक गत शुक्रबार बजारमा आएको थियो।
राप्ती नगरपालिकालाई मुख्य आधार बनाएर पत्रिका प्रकाशनमा आएपनि यो रत्ननगर, खैरहनी र राप्ती नगरपालिका लगायतका क्षेत्रहरुमा उपलब्ध हुनेछ।
‘निष्पक्ष समाचारका लागि…’ नारा सहित बजारमा आएको पत्रिकाले राजनिती,समाचार,खेलकुद,साहित्य,मनोरञ्जन तथा स्थानिय गतिविधिलाई समेट्ने गर्दछ।
न्युज टाइम्सको अनलाइन न्युज, अनलाइन टीभी र अनलाइन रेडियो पनि सञ्चालनमा रहेको छ।
समयलाई अनुकुल बनाउँदै अब देखि हरेक बुधबार पत्रिका बजारमा उपलब्ध हुने व्यहोरा न्युज टाइम्सका प्रबन्धक निर्देशक रमेश पाण्डेले बताएका छन्।